नियम ६२
लिखतको सामान्य त्रुटि सच्याउने
: (१) अदालतमा लिखत पेश गर्ने व्यक्तिले एक पटक दर्ता भईसकेको लिखतमा लेख टाइप वा मुद्रणको सामान्य त्रुटि भएमा त्रुटि सच्याउन अदालतमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा अदालतले त्यस्तो लिखत जाँचबुझ गरी त्रुटि सच्याउन मनासिब देखेमा त्यस्तो निवेदनलाई पुरक निवेदनको रुपमा _ मिसिल सामेल राख्ने आदेश दिन सक्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकपटक दर्ता भैसकेको, लिखतको त्रुटि सच्याउँदा मुद्दाको तथ्य तथा निवेदन दाबीमा संशोधन गर्न पाइने छैन।